nepali kabita

0



















सायद समुन्द्र हो जीवन अनि म किनार - ! 
सायद समुन्द्र हो जीवन अनि तिमी छाल - ! 
सायद समुन्द्र हो प्रेम अनि म प्रेमीका सायद छाल हो प्रेम 
अनि तिमी साधीका किनार र छाल हामी क्षणिक नाता 
यो किनार र छाल हामी विछोड नै विछोड यो विह्वल छु
 म तिम्रो प्रतिक्षामा सधै अघीर छु यो तिम्रो मिलनमा सधै छाल हौ तिमीलाई
 फर्कनु पर्ने बाध्यता किनार हुँ म
 प्रतिक्षा गर्नु पर्ने विवशता प्रतिक्षाको यही क्रममा जीवन सिद्धिएको हेर्नु पर्ने
 मैले प्रतिक्षाको यही क्रममा मलामी रित्तिएको हेर्नु पर्ने
 मैले तिम्रो प्रतिक्षामा मुर्दाको साक्षी बने म तिम्रो प्रतिक्षामा मशानको कुर्ने लाक्षी बने 
म तिमी छाल म किनार तिमी चन्द्रमा म चकोर हामी बिचको दुरी बन्यो विवशताको यो पर्खाल - !!!