नेपाली कबिता - रेणुका वाइबा

0

"कैले काही जीन्दगीमा"

-रेणुका वाईबा

कैले  काहीँ जीन्दगीमा
 यस्तो हुन मन लाग्छ।
नजानी किन किन?
कस्तो कस्तो हुन मन लाग्छ।
कहिले,
घाम झै झलमल्ल
तिम्रो आगनीमा पो उदाऊन मन लाग्छ।
कहिले,
 बर्सात बनेर
तिमीलाई रुझाउन मन लाग्छ।
नजानी जीन्दगीमा
अचेल
कस्तो कस्तो हुन मन लाग्छ ।

कहिले,
सपना बनेर
तिम्रो आखैमा
निदाऊन मन लाग्छ।
कहिले
झिस्मिसेले झै तिमीलाई
बिउझाऊन मन लाग्छ।
कहिले
बाटोले जसरी एकोहोरो
तिम्रो गन्तव्य भरी
पछ्याउन मन लाग्छ।
कहिले
दोबाटोमा
कुनै घुम्ती खोजेर
 त्यही छोड्न मन लाग्छ।
नजानी जीन्दगीमा
अचेल
कस्तो कस्तो हुन मन लाग्छ॥

कहिले,
जुनीभरी
साथैमा तिम्रो
छाया झै डोरीन मन लाग्छ।
कहिले,
भने
अध्यारो बनेर तिमीलाइ
तर्साउन मन लाग्छ।
खै!
कहिले चाही
बसन्तको भेषमा
तिम्रो गमलामा आएर
ढकमक्क फुल्न पो मन लाग्छ।
कहिले
शिशिर झै
ऊदाङ्गिएर....
तिम्रो जीन्दगीबाट नै झर्न मन लाग्छ।
साच्चै!
कहिले तिमीलाई रुवाउन मन लाग्छ।
अनि
कहिले
 आफै रुन मन लाग्छ।
नजानी मलाई यो जीन्दगीमा
अचेल
कस्तो कस्तो हुन मन लाग्छ॥



गजल रेणुका वाईबा

0

गजल...

दुनिया फसाउने नियम अनि जाली तिम्रो पारा रैछ।
धोका तिम्रो प्रेमको कानुन   चोट दिनु   धारा रैछ॥

मेरो प्रेमको संबिधानको  हर  बुदामा   थियौ  तिमी
के था तिमी   जुनहरुका  एउटै  मात्र  तारा  रैछ॥

मुद्दा हारे आज मैले तिम्रो मनको अदालतमा
चोखो माया तोड्ने प्रिय तिम्रो भित्री नारा रैछ॥

मैले युद्द लडिरहे निर्दोशीलाई न्याय खोजी
तर बल्ल थाह भयो तिम्रो पक्ष सारा रैछ॥

रेणुका वाईबा
-सुर्यबिनायक,भक्तपुर
नेपाली गजल मुक्तक कबिता कथा संपूर्ण एकै ठाउँमा हामी सम्मान गर्छौ नेपाली साहित्य सर्जक हरुको