गजल रेणुका वाईबा

0

गजल...

दुनिया फसाउने नियम अनि जाली तिम्रो पारा रैछ।
धोका तिम्रो प्रेमको कानुन   चोट दिनु   धारा रैछ॥

मेरो प्रेमको संबिधानको  हर  बुदामा   थियौ  तिमी
के था तिमी   जुनहरुका  एउटै  मात्र  तारा  रैछ॥

मुद्दा हारे आज मैले तिम्रो मनको अदालतमा
चोखो माया तोड्ने प्रिय तिम्रो भित्री नारा रैछ॥

मैले युद्द लडिरहे निर्दोशीलाई न्याय खोजी
तर बल्ल थाह भयो तिम्रो पक्ष सारा रैछ॥

रेणुका वाईबा
-सुर्यबिनायक,भक्तपुर
नेपाली गजल मुक्तक कबिता कथा संपूर्ण एकै ठाउँमा हामी सम्मान गर्छौ नेपाली साहित्य सर्जक हरुको